LIVE NEWS

पर्सा–२ काे अलाैंमा नेकपा उम्मेदवार मनोज चौधरीको घरदैलो

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीले आज वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौं र कोन्हिया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय जनताका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले कांग्रेस र एमालेको शासनकालमा मुलुक ठूलो जनधनको क्षतिमा परेकाले देश करिब १० वर्ष पछाडि धकेलिएको दाबी गर्दै वर्तमान परिस्थितिमा नेकपा नै एक मात्र विकल्प रहेको बताए।

चौधरीले नेकपाको नेतृत्वमा मात्रै देशले समग्र विकासको गति लिने विश्वास व्यक्त गर्दै जेन्जी पुस्ताको चाहना र आवश्यकताअनुसार काम गर्न सक्ने क्षमता नेकपामै रहेको जिकिर गरे। आफू विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएको र सधैं जनताको दुःख–सुखमा साथ दिँदै आएको उल्लेख गर्दै उनले निर्वाचन जिते पनि जनताको बीचमै रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, बृजलाल पासवान, विपिन यादव, बिरेन्द्र यादव तथा पार्टी नेता जीवन राम, सुशील हजरा, लालमन वैइबा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर