LIVE NEWS

घरमै खानेपानीको धारा आएपछि चेपाङ्गवस्तीमा खुशि

चितवन । कालिका नगरपालिका वडा नं ११ का चेपाङ्ग समुदाय शुद्ध पिउने पानीको व्यवस्थापन भएपछि खुशि भएका छन । घर वाट टाढा पानी ओर्सानु पर्ने बाध्यको अन्त्य भएपछि तहाका स्थानीयको मुहारमा खुशि छाएको हो । एच. एम. यु. सेवा साई नेपालको पहलमा न्यू लाईफ इन्टरनेशनल र मेरो परिवार नामक संस्थाको आर्थिक र प्राविधक सहयोगमा घरघरमा धारा जडान भएको हो ।
नगरकै पहाडी र विकट मानिएको सो क्षेत्रमा खानेपानीको धारा घरमै पुगेपछि स्थानीयहरुले खुशि व्यक्त गरेका हुन । तहाका १६ घर चेपाङहरुको घरमा फ्य्रिफाई प्रविधिको प्रयोग गरि शुद्धीकरण सहितको खानेपानी वितरण गरिएको बाबुराम तामाङ्गले बताए । उनका अनुसार कालिका नगरपालिकाको वडा नं ११ स्थित डुमरुक्ति खानेपानी आयोजनाले दाम्सिटारका १६ घरधुरीलाई खानेपानी धारा हस्तान्तरण गरिएको हो ।
उनका अनुसार सो क्षेत्रका १८ र्वष मुनिका बालकिाहरुलाई सरसफाईमा प्रयोग हुने समान र महिलाहरुका
महिनावरीमा आवश्यक सेनेटरी प्याड वितरण गरिएको हो ।
शुद्ध खानेपानि नहुदा स्थानीयमा रोग फैलिएको र त्यसको बचाउको लागि समेत धारा वितरण गरिएको आर्थिक तथा प्राविधिक सहयोग गर्ने संस्था न्यु लाइफ र मेरो परिवारका अध्यक्ष संगिता  कुवरले बताइन ।
मानव सेवा नै र्धम हो भन्ने मान्यता राखेर करिब २ महिनामा योजना सम्पन्न भएको कुवरले बताइन । ८ लाखको लगानीमा सम्पन्न भएको योजनाले स्थानीयले शुद्ध पिउने पानी प्रयोग गर्न पाउनेछन । यसले सामाजिक काममा अग्रसरता हुन पाएकोमा उनले खुशि व्यक्त गरिन । गत असार १७ गते स्थानीयलाई संस्थाले धारा हस्तान्तरण गरेका थिए ।

टिप्पणी
सम्बंधित खबर