LIVE NEWS

जीतपुरसिमरामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाले गरे रगतदान

सिमरा: केही दिन अघि गठन भएको जीतपुरसिमरा महिला संजालको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ९ महिलासहित ६० जनाले रगत दान गरेका छन् ।

रगतको अभाव पूर्ति गर्नका लागि जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित रजघट्टामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय, समाजसेवी, कर्मचारी र सुरक्षाकर्मीको सहभागिता रहेको थियो। कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीलगायतले रगत दान गरेका थिए ।

टिप्पणी
सम्बंधित खबर