LIVE NEWS

पर्सा–२ मा नेकपा उम्मेदवार मनोज चौधरीको मतदाता भेटघाट

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिकाका विभिन्न टोलहरूमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको छ ।

नेकपा उम्मेदवार चौधरीले पर्सागढी नगरपालिकाकाे बहुअर्वा, हरदासपुर, छटइलि, बर्वाटारी र बिरुवा टोलमा पुगेर स्थानीय मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको थियो । भेटघाटका क्रममा उहाँले क्षेत्रका विकास, रोजगारी, शिक्षा र आधारभूत सेवासम्बन्धी समस्याबारे स्थानीयको गुनासो सुन्नुका साथै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य बृजलाल पासवान सहित स्थानीय अगुवा, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । मतदाताहरूले विकास र परिवर्तनका लागि आफूहरू सचेत रहेको बताउँदै उम्मेदवार चौधरीप्रति चासो र समर्थन व्यक्त गरेका थिए ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर