LIVE NEWS

ठोरी गाउँपालिकाको आयोजनामा संचालित चौथो राष्ट्रपति रनिङ शिल्ड

ठोरी गाउँपालिकाको आयोजनामा संचालित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
माघ १३ गतेदेखि संचालित प्रतियोगितामा सहभागी ठोरी गाउँपालिकाका ६ वटा माध्यमिक बिद्यालयका विद्यार्थीहरु बिच भएको प्रतिस्पर्धामा सरस्वती माबि गौतम नगरले प्रथम, नेपाल राष्ट्रिय माबि ओडारले द्वितीय र ज्ञान बाटिका माबि सुवर्णपुरले तृतीय स्थान प्राप्त गरेका छ्न । बिजेताले क्रमश ३० हजार, २५ हजार र २० हजार नगद सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन ।
प्रथम स्थान हासिल गर्ने सरस्वती माबिले १९ स्वर्ण, ८ रजत र ७ कास्य पदक प्राप्त गरेको छ । द्वितीय हुने नेरामाबि ओडारले ४ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गरेको छ । तृतीय स्थान प्राप्त गर्ने ज्ञान बाटिका माबि सुवर्णपुरले ३ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।
गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा भएको समापन समारोहमा उपाध्यक्ष गोकुली रेग्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायत जनप्रतिनिधि, ठोरीका सबै बिद्यालयका बिब्यस अध्यक्ष तथा सम्पुर्ण शिक्षकहरू, सहभागी बिद्यालयका बिद्यार्थीहरुको उपस्थिति रहेको उपस्थिति रहेको थियो ।
यसैबीच समापन समारोह अघि ठोरी गाउँपालिका मातहतका कर्मचारी र ठोरी गाउँ पालिकाका पुरुष शिक्षकहरू बीच मैत्रीपुर्ण फुटबल खेल भएको थियो, जसमा शिक्षक समुहले २-१ को अन्तरले जीत हासिल गर्दै नगद रु. २० हजार प्राप्त गरेको छ । त्यस्तै गाउँपालिका मातहतका महिला कर्मचारी र ठोरीका महिला शिक्षकहरु बिच भएको मैत्रीपुर्ण भलिबल खेलमा पनि महिला शिक्षकहरूको समुह बिजयी भएको छ । बिजेता टीमले नगद रु. १० हजार प्राप्त गरेको थियो ।
कार्यक्रमको अन्त्यमा पुरस्कार बितरण सहित बिजय उत्सव समेत मनाइएको थियो ।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर