LIVE NEWS

धनुषामा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या

बारा, १५ साउन । धनुषाको सबैला नगरपालिका–१२ स्थित रघुनाथपुरमा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हत्या हुनेमा हंसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा बस्दै आएका ४५ वर्षीय बन्ठु राउत गडेरी रहेका छन्। 

 

भारतको पञ्जाबमा रहेका गडेरी केही दिनअघि मात्रै घर फर्किएर सो मन्दिरमा बस्दै आएका थिए। बिहीबार राति अज्ञात उनको हत्या गरिएक्ल हो। घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

हत्यामा संलग्न व्यक्तिहरूको खोजीका साथै घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।

टिप्पणी
सम्बंधित खबर
ताजा खबर