LIVE NEWS

पर्सा, बारा, चितवन र नवलपरासीमा गएराति ठूलो वर्षा

काठमाण्डौ – पर्सा, बारा, चितवन र नवलपरासीमा गएराति ठूलो वर्षा भएको छ । पर्साको ठोरी, बाराको सिमरा, नवलपरासीको नवलपुर, सितापुरलगायतका क्षेत्रमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पर्साको ठोरीमा झण्डै १५४ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै बाराको सिमरामा १४४ र नवलपरासीको सितापुरमा १४० मिलिमिटर वर्षा मापन भएको छ । चितवनसहित अरू एक/दुई ठाउँमा पनि ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । कोशी, बागमती र  गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ ।

आज दिउँसो पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

टिप्पणी
सम्बंधित खबर