LIVE NEWS

मेयर चिरिबाबुको अर्थमन्त्रीलाई प्रस्ताव- आर्थिक वर्ष नै चेन्ज गरौँ

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको सिजन नै चेन्ज गर्न अर्थमन्त्री समक्ष प्रस्ताव गरेका छन् । अन्तर-सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा मेयर महर्जनले बजेट कार्यान्वयन गर्न सहज हुनेगरी आर्थिक वर्षको समय परिवर्तन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्ताव गरे ।
उनले भने, ‘अर्थमन्त्रीज्यूलाई मेरो पहिलो प्रस्ताव छ, आर्थिक वर्ष नै चेन्ज गरौँ । विकासका गतिविधि सञ्चालनमा सहज हुनेगरी, हिउँदै काम गर्न सकिनेगरी आर्थिक वर्षको समय परिवर्तन गरौँ ।’

अहिलेको आर्थिक वर्ष (साउनदेखि असार मसान्तसम्म)को समय बजेट कार्यान्वयनका लागि उति व्यावहारिक नदेखिएको भन्दै मेयर महर्जनले सरकारले पहिला यसमा काम गर्नुपर्ने उनले बताए ।

यसै अवसरमा मेयर महर्जनले आगामी आर्थिक वर्षको बजेट बढीभन्दा बढी स्थानीय पालिका केन्द्रित, पालिकाहरूलाई अधिकार सम्पन्न बनाउने गरी जानुपर्ने बताए ।

बजेट कार्यान्वयन केही ऐनहरू बाधक र जटिल रहेको अवस्थामा त्यस्ता ऐन नियमहरू तत्काल संशोधन गरेर अघि बढ्नुपर्ने समेत उनले बताए ।

टिप्पणी
सम्बंधित खबर