LIVE NEWS

ह्वाइट हाउसको ‘आशावादी’ बयानपछि कच्चा तेलको मूल्य घट्यो

इरानसँगको नयाँ वार्ताबारे ह्वाइट हाउसको ‘आशावादी’ बयानपछि बिहीबार अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य थोरै घटेको छ ।

रोयटर्सका अनुसार, ब्रेन्ट क्रूड फ्युचर्स ४४ सेन्ट अर्थात् ०.५ प्रतिशतले घटेर प्रतिब्यारेल ९४.४९ डलर पुगेको हो ।

यसैबीच, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेल ७० सेन्ट अर्थात् ०.८ प्रतिशतले घटेर प्रति ब्यारेल ९०.५९ डलरमा पुगेको छ।

तेलको मूल्य घट्दै जाँदा एसियाली शेयर बजार पनि बढेको छ । दक्षिण कोरियाको कोस्पी सूचकांक १.८९ प्रतिशत, हङकङको ह्याङ सेङ ०.६८ प्रतिशतले बढ्यो, जबकि ताइवानको ताइएक्स ०.४८ प्रतिशतले बढ्यो।

टिप्पणी
सम्बंधित खबर